प्रेम अहंकारमुक्त हुनुपर्छ
प्रेम अहंकारमुक्त हुनुपर्छ
युवतीले स्वाभाविक रुपमा एक नजरमात्र लगाइन् भने ठीक छ, तर फर्केर फेरी नजर जुधाउन खोजिन भने सम्झ त्यहाँ केही छ । कुनै पनि व्यक्तिले एक पटक कसैलाई हेर्नु स्वाभाविक हो, तर बारम्बार चोर नजरले हेर्नु उ प्रतिको लगाव हो । कसैको हेराई दोहोरिन्छ भने उभित्र उत्सुकता छ । उसले निमन्त्रणा दिई रहेको छ भन्ने बुझ्नु पर्छ । हेराईको अर्थलाई यसरी बुझ्न सके अपरिचित÷परिचितसँग सम्बन्ध बढाउन सकिन्छ तर तपाइँ कुनै व्यक्तिको छेउमा बस्नु भएको छ, तैपनि उनि अर्कै तिर फर्किएकी छन भने सम्झनुहोस् उनि टाढा हुन खोज्दैछिन् ।
प्रेमको अनुमति थाहापाउने ओसोको यो उदाहरण मान्ने हो भने कसैले आफूलाई घृणा गरिरहेको छ कि प्रेम गरिरहेको सहजै पत्ता लगाउन सकिन्छ । प्रेम गरेर वा पाएर अति भो भन्नेहरु मानव सभ्यतामा हालसम्म जन्मिएका छैनन् ।
ओसोको नजरमा प्रेमभित्र परमात्मा हुन्छ अथवा देखिन्छ । त्यहीभित्र, कुरान, बाइबल र बेद देखिन्छ । तपाइँ कुनै व्यक्तिको प्रेममा डुब्नु भएको छ भने उभित्र तपाइँले इश्वर देख्नुपर्छ, तर इश्वर देख्नु भएन भने त्यहाँ वासना मात्र रहन्छ । तथापि वासनालाई अस्विकार भने गर्न सकिदैन् । पत्थरलाई प्रेम गर्दा मूर्ति बन्छ, तर मानिसलाई प्रेम गर्दा परमात्मा देखिन्छ ।
प्रेमकै कारण मानिसहरु पागल हुन पुगेका छन् । प्रेमको अथाह सागरमा हराएको मन बोक्ने मानिसहरु प्रायः गम्भीर मात्र हुँदैनन्, हरेक वस्तुमा आफ्नो प्रेमीलाई देख्न थाल्छन् । ओसोले लैला–मजनुको प्रेमकथाको उदाहरण दिंदै भनेका छन् – ‘मजनु पाल थियो, लैलाका लागि । रातदिन लैलाको नाम जपेर बस्दा उसलाई सबैले पागल भने । उसको स्थिति बिग्रँदै गएपछि गाउँको राजा(मुखिया) ले बोलायो र भन्यो – तँ लैलाको पछि लागेको छस् । म तेरी लैलालाई राम्रोसँग बmुझ्छु । तँलाई लैलाले कति माया गर्छिन् ? त्यसपछि चिन्छेस् लैला को हो भनेर ?’
लैला एउटी अति साधारण युवती । यस्ती साधारण युवतीका लागि ज्यान दिएर प्रेमको सागरमा हराउन खोज्दा मजनुप्रति मुखियाले दया देखायो । उसले भन्यो– ‘तैले गाउँभरि लैला–लैला शब्द गुञ्जाइस्, बरु मेरो राजमहलका कुनै युवति छानेर लैजा ।’
मुखियाले राजमहलका १२ जना युवती मजनुका अगाडि उभ्याइदिए । उनीहरु सबै एकसे एक सुन्दर, कामुक र कमनीय थिए । मजनु प्रत्येक युवतीको छेउबाट गुज्रियो र सबैलाई हेरिसकेर भन्यो– ‘यहाँ त लैला नै देखिनँ ।’ राजा (मुखिया) ले हाँसेर भन्यो – ‘तँ साँच्चै पागल भइस् । मानिसहरु सही भन्दा रहेछन् । यी युवतीहरुका अगाडि तेरी लैला केही पनि होइन । म तँभन्दा अनुभवी छु महिलाको प्रेममा ।’
मजनुले जवाफमा भने – ‘तपाइँ ठीक भन्दै हुनुहुन्छ, तर लैलालाई हेर्ने नजर चाहिन्छ । तपाइँसँग मेरो आँखा, मेरो भावना नै कहाँ छ ? लैलालाई हेर्न मेरो भावना, मेरो आँखा चाहिन्छ । लैलालाई तपाइँले आफ्नो नजरले हेर्नुभयो । मेरो नजरले हेर्नुहोस्, बेग्लै पाउनुहुनेछ ।’
सच्चा प्रेमीहरु पागल हुन्छन् भन्ने कुरा लैला–मजनुको यो प्रेमकथाले स्पष्ट पार्छ । साँच्चै आफ्नो प्रेमीलाई हेर्न आफ्नै आँखा, भावना चाहिन्छ ।
आफ्नो प्रेमीलाई हेर्ने नजरसम्बन्धी ओसोको यो भनाई निकै घतलाग्दो छ र सदावहार पनि । तपाइँले मन पराएकी वा तपाइँले परमात्माको झलक देखेको व्यक्तिलाई अर्काे व्यक्तिले मन नपराउन सक्छ । उसले तपाइँको नजरले हेर्न नसक्दा मन नपराउनु स्वाभाविक पनि हो ।
‘प्रेमले नजर (दृष्टिकोण) दिन्छ । जुन नजरले हेर्नासाथ अरुका लािग साधारण मानिएको व्यक्ति वा वस्तु पनि असाधारण देखिन्छ, ’ – ओसो यसै भन्छन् । वास्तवमा प्रेमीहरु कुनै पनि दृष्टिले पागल होइनन् । प्रेमपूर्ण नजरले हेर्ने तौरतरिकाले उसलाई पागल बनाउँछ ।
प्रेममा अहंकार हुनु हुँदैन । अहंकारले अरुलाई दबाउँछ, आफूलाई माथि उठ्न प्रेरित गर्छ, तर प्रेम ? प्रेमले आफूलाई गुमाउन प्रेरित गर्छ । गुमाउनु यो अर्थमा कि आफ्नो प्रेमिको भावनाभीत्रै समाहित हुन खोज्छ । जुन समसोच(समदृष्टिकोण) भएर अघि बढ्छ ।
जो प्रेममा हार्छ ऊ नास्तिक बन्न सक्छ । प्रेम यस्तो उच्च उडान हो जसको गति कसैलाई थाहा हुँदैन । प्रेमलाई बग्न दिनुपर्छ तब मात्र यो स्वच्छ रहन्छ । बन्धनको नाममा यसलाई बाँधियो भने यो सानो तलाउ वा पोखरीमा परिणत हुन्छ । जहाँ हिलो र फोहोर जम्मा हुन्छ ।
प्रेमले कष्ट पनि दिन्छ । जुन कष्ट मीठो पनि हुन्छ, तीतो पनि हुन्छ । तीतो कष्टका बारेमा ओशोले एउटा उदाहरण दिएका छन् ।
एक युवकले एउटी युवतीलाई यति धेरै मन पराउन थाल्यो कि ऊ युवतीकै घरअगाडि सत्याग्रह गर्न बस्यो । ‘म तिमीलाई मन पराउँछु, तिमीविना एकपल पनि बाँच्न सक्दिँन, मसँग विवाह गर्नेपर्छ आदि नारा लेखेर ऊ अनसन बस्यो । सारा गाउँ, सहरभरि हल्ला चल्यो । मिडियाले पनि यो कुरा थाहा पायो ।
युवती र उनका परिवारलाई अप्ठ्यारो भयो । युवकलाई के भन्ने ? मानिसहरुले भने – ‘यस्तो मरिहत्ते गरिरहेछ, तर युवतीले किन बुझ्न नसकेकी ?’
एक छिमेकीले एउटा उपाय लगाए युवकको प्रेम र अनसनको स्वार्थलाई परिचान गर्ने । छिमेकीले बजारबाट एक बृद्धा वेश्या(जो नराम्री चाउरी परेकी दुर्गन्धित अवस्थामा थिइन्) लाई उक्त युवकको अगाडि अनसन बस्न लगाए ।
युवकले सोध्यो– ‘तिमी किन मेरो अगाडि ? को हौ तिमी ? म त यहाँ मेरी प्रेमिकालाई पाउन अनसन बसिरहेछु ।’ जवाफमा वृद्धा वेश्याले भनी– ‘म पनि तिमीलाई पाउन अनसन बसेकी छु । तिमीसँग विवाह नगरे मरो ज्यान जान्छ । म तिमीलाई अँगालो हालेर तिमीभित्र समाहित हुन चाहन्छु .......... ।’ यति भनेर आँखा खोल्दा युवक त्यहाबाट वेपत्ता भई सकेको थियो ।
प्रेम कसैको निजी सम्पत्ति होइन र यो दबाबमा हुनुहुँदैन । प्रेम त दुई आत्माको बहाव हो, जुन स्वतन्त्र हुन्छ । दुईमा एक गुलाम हुनसाथ यो बहाव रोकिन्छ । अहंकारले प्रेमलाई रोक्छ । प्रेमको फल धेरै काँडाबीच फूल्छ तर प्रेमले काँडा उमार्दैन ।
प्रेम लुईटेल ।

[12:30:38 PM] prem luitel: i like it. it is awesome dude.keep it up. so good feelings for love
ReplyDeleteThanks anonymous
Delete